महिला कुनै पनि मामिलामा कमजोर छैनन्
सुजाता कोइरालाजस्तालाई राजनीतिमा ल्याएर महिला सहभागिता भयो भन्ने हामीलाई लाग्दैन। किनभने कांग्रेसभित्र उनीभन्दा धेरै लडेका कैयौं छन्। उनी घरानिया भएर मात्र आइन्। त्यसैले अधिकारबाट वञ्चित भएका सामान्य महिलालाई अझै पनि राजनीतिमा आउन गाह्रो छ। जयपुरी घर्ती, अध्यक्ष, (अनेमसंघ क्रान्तिकारी) तथा सदस्य, व्यवस्थापिका संसद्

दशवर्षको जनयुद्धपछि एकवर्षको संसदीय अनुभव पनि गर्नुभयो। संसद्लाई पनि लडाइँको अर्को मोर्चा मान्ने माओवादी पार्टीको प्रतिनिधिको हिसाबले दुई छुट्टाछुट्टै मोर्चामा के भिन्नता पाउनुभयो ?
हामीले १० वर्षसम्म समाजको पितृसत्तात्मक सोच बदल्न लडयौं। त्यही कुरालाई संस्थागत गर्ने अभ्यास संसदमा भयो। जुन तीव्रताका साथ हामीले १० वर्षसम्म काम गर्न सकेका थियौं, यहाँ सकिएन। समाजको नियमअनुसार नै संघर्षबाट छिटो समाज परिवर्तन हुन्छ।

युद्धका क्रममा हामीले स्थापना गरेका मूल्य-मान्यता त्यही तीव्रतामा संसदमार्फत स्थापना गर्न कतिपय प्रक्रियागत अप्ठेरा पनि रहेछन्। यति हुँदाहुँदै पनि आमाको नामबाट नागरिकता पाउने, राज्यका हरेक अंगमा ३३ प्रतिशत महिला सहभागिता र हाम्रो आफ्नै पार्टीबाट पनि ४० प्रतिशत महिला संसदमा आउने अवस्था बन्यो।
तपाईंहरूले संविधानसभा चुनावमा महिला सहभागिताका लागि पार्टीभित्र कस्तो पहल गर्नुभएको छ ? पार्टीभित्र र समाजसँगको संघर्षमा कुन गाह्रो छ ?
हाम्रो पार्टीले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत महिलालाई समानुपातिक हिसाबले नै उम्मेदवारी दिने र क्षेत्रगत आधारमा धेरैभन्दा धेरै महिला सहभागिता गराउने नीति अघि सारेको छ। पार्टीभित्र पनि सबै तहमा पुग्नुपर्ने जति महिला पुगेका छैनन्।
हिजोका एकाध घरानिया परिवारका महिलालाई राजनीतिमा ल्याएर महिला सहभागिता देखाउने प्रवृत्तिको अन्त्य भइसकेको छैन। सुजाता कोइरालाजस्तालाई राजनीतिमा ल्याएर महिला सहभागिता भयो भन्ने हामीलाई लाग्दैन। किनभने कांग्रेसभित्र उनीभन्दा धेरै लडेका कैयौं छन्। उनी घरानिया भएर मात्र आइन्।
त्यसैले अधिकारबाट वञ्चित भएका सामान्य महिलालाई अझै पनि राजनीतिमा आउन गाह्रो छ। हामी भने आफ्नो आन्दोलनबाट यो स्थानमा आउन सकेका हौं। नेपाली समाज र पार्टी दुवैमा यही स्थितिमा एउटा महिला सजिलै नेतृत्वमा आउन कठिन छ। मेरो आफ्नै कुरा गर्ने हो भने म गाउँबाट आएकी साधारण महिला हुँ। तर कुनै डिग्री गरेका महिलाभन्दा कम छैनजस्तो लाग्छ।
३३ प्रतिशतको कुरा गर्नुभयो यो आदर्श र व्यवहारमा किन तालमेल नखाएको होला, सक्षम महिला नेतृत्व नभएर हो ?

बिल्कुलै होइन। यो त पितृसत्तात्मक सामन्ती राज्य सत्ताको सोचले बनाएका पुरुष नेताले भन्ने भनाइ हो। अहिले पनि त्यस्तो सोच हावी छ। हाम्रो पार्टीले संसदमा ३३ प्रतिशतभन्दा बढी नै स्थान दियो तर अन्य पार्टीले त्यसो गर्न सकेनन्।
यहाँ ३३ होइन ५० प्रतिशतभन्दा बढी क्षमतावान महिला नेतृत्वको विकास भइसकेको छ। हामीलाई शुरुमा संसद् छिर्दा ँस्कुले केटीहरू छिरे’ भन्थे तर हामीले गरेर देखाइदियौं। अवसर पाए जसले पनि गर्न सक्छ। अवसर र हिम्मत भए असम्भव भन्ने संसारमा केही छैनजस्तो लाग्छ।
महिला नेताका नाताले आम महिलाको हितका लागि के गर्ने चाहना छ ?
एक दिन आममहिलाको मुक्ति गराएरै छाड्छौं भन्ने दृढ संकल्प छ। समाजमा महिलालाई शिक्षा र अवसरबाट वञ्चित गराइएको छ। राजनीतिक चेतना दिइएको छैन। पुरुषले राजनीति गर्न सक्ने र महिलाले गर्न नसक्ने भन्ने छैन।
यो विज्ञानसम्मत पनि हुँदैन। सबै महिलामा राजनीतिक चेतना हुनुपर्छ। सिंगो समाज परिवर्तन गर्न महिला विद्रोह अनिवार्य छ। त्यसका लागि पुरुषको पनि सहयोग लिँदै आममहिलालाई अधिकार सम्पन्न र सक्षम बनाई छोड्ने चाहना छ।

No comments:
Post a Comment